सोमवार, 26 अक्तूबर 2009


पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।



कहिले उनी आउलिन भनी

दोबाटोमा पर्खिरहेछु

पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।


पागल किन भन्छन मलाई

बर्षौं देखि उनी बिना छट्पटिरहेछु।

पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।


उनलाई के चिंता छ र मेरो

उनले जाडोमा लगाउने जर्सी रहेछु।

पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।


अब कहिल्यै बोझ हुदीन उनलाई

उनले भारी बिसाउने चौतारी अनी गल्छि रहेछु

पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।


संशारले महान भानेपनी मलाई

उनले कुल्ची हिदने धरती रहेछु

पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।


सायद चित दुखाया उनको मैले

उनले खोली फालने धुन्गाको गट्टी रहेछु

पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।